Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपाको महाधिबेशन लम्बिदा सदन प्रभावित, प्रतिनिधिसभा बैठक आज पनि स्थगित 


    शुक्रबार, असार १२ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ वमोजिम स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

    सभामुख डोलप्रसाद (डीपी)अर्यालले आगामी बैठक शनिबार (भोलि)११ बजे बस्ने गरी तय गरेको संसद सचिवालयले जनाएको छ ।

    यसअघि बिहीबार तय गरिएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो । सत्तारुढ रास्वपाका अधिकांश सांसदहरू महाधिवेशनका लागि चितवनमा रहेकाले सदन प्रभावित भएको छ ।

    आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘महालेखापरीक्षकको ६२औं वार्षिक प्रतिवेदन, २०८३’ पेश गर्ने कार्यक्रम रहेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार