Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रास्वपा महाधिवेशन: साँझ साढे ७ बजेबाट मतदान हुने


    बुधबार, असार १० २०८३
    265
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।

    प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो।

    तर प्रतिनिधिको टुंगो नहुदा महाधिवेशनको समय लम्बिन पुगेको छ ।

    आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

    प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार