काठमाडौँ । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई काठमाडौँ ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइएको छ।
विभाग स्रोतका अनुसार पौडेललाई केहीबेरअघि विभागमा पुर्याइएको हो। उनीमाथि भइरहेको अनुसन्धानका क्रममा आवश्यक बयान तथा अन्य प्रक्रिया अघि बढाउन विभागमा उपस्थित गराइएको जनाइएको छ।
पक्राउ परेका पौडेललाई आजै म्याद थपका लागि अदालत उपस्थित गराउने तयारी गरिएको छ। अनुसन्धानसँग सम्बन्धित कानुनी प्रक्रिया पूरा गर्न अदालतबाट म्याद थप मागिने तयारी रहेको स्रोतले जनाएको छ।
पौडेलले गरेको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे उठेका शंकाका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ ।
पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि राति नै स्थलमार्गबाट काठमाडौँ ल्याएको थियो।
अनुसन्धान जारी रहेकाले विभागले यस विषयमा औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend