बीरगञ्ज । पर्साको पोखरीया नगरपालिकाका २ कर्मचारीको कमिसन बाँड्दै गरेको तस्वीर सामाजिक संजालमा भाइरल भएको छ । सोमबार अंकुश दैनिक अनलाइनले वृक्षरोपणमा समेत कमिसन खाएको तस्वीर राखेर समाचार लखेको थियो ।
पोखरीया नगरपालिकाका कर्मचारी कौशलकुमार झा र रामवीर चौरसियाले पैसा गनिरहेको तस्वीरसहितको समाचारले सामाजिक संजाल रंगिए पनि सरोकारवाला निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नोटिसमा लिएको छैन ।
फोटोमा देखिएका सेतो हाफ सर्ट लगाएर बस्ने नगरपालिकका कर्मचारी कौशलकुमार झा हुन् भने नोटको बिटो गनिरहेका व्यक्ति लेखापालको जिम्मेवारी सम्हाल्दै आएका रामवीर चौरसिया हुन् । सेतो सर्ट लगाउने झा र पैसा गन्ने चौरसिया हुन् ।
बृक्षरोपण जस्तो प्रकृतिको संरक्षण गर्ने ठेक्कामा समेत उनीहरुले मोटो रकम कमिसन खाएको खुलेको छ । कार्यालयभित्रै यसरी खुलेआम कमिसनको रकम गनिएको छ । यसले उक्त नगरपालिकाभित्रको भ्रष्टाचारको कहालीलाग्दो रुप देखाएको छ । वृक्षरोपण जस्तो प्रकृतिको संरक्षण गर्ने ठेक्कामा समेत मोटो रकम कमिसन खाएको र उक्त रकम दामासाही रूपमा अन्य कर्मचारीलाई नबाँडी झा र चौरसियाले मात्रै कुम्ल्याउन खोजेपछि असन्तुष्ट पक्षले नै यो तस्बिर बाहिर ल्याइदिएका छन् ।
कमिसनको रकम दामासाहीले भागबण्डा गरिरहेको तस्वीरका बारेमा पोखरीया नगरपालिकाका कर्मचारी कौशलकुमारा झाले भने–‘एआईबाट बदनाम गरिएको हो । कमिसनको रकम भनिएको छ, तर दिने ब्यक्ति फोटोमा छैन ।’
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend