काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा भइरहेको सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन टिपर सञ्चालनमा रोक लगाइने भएको छ भने रातिको समयमा एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायहरूको बैठकले धुलिखेल-खावा सडकखण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न असार १४ गतेदेखि २८ गतेसम्म टिपर प्रवेशमा पूर्णरुपमा रोक लगाइने भएको हो।
बैठकको निर्णय अनुसार, उक्त सडक खण्डमा असार १४ गतेदेखि असार २८ गतेसम्म ट्रिपरलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाइनेछ । त्यसैगरी, ट्रिपर बाहेकका अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई भने साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाइने निर्णय भएको छ ।
सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुखले बैठकमा बाँकी काम गर्ने क्रममा एक लेन सडक बन्द गर्नुपर्ने र एक लेनमा मात्र सवारी चलाउनु पर्ने बाध्यात्मक अवस्था रहेको जानकारी गराएपछि प्रशासनले यस्तो निर्णय लिएको हो ।
सवारी साधनहरूलाई वैकल्पिक मार्ग (डाइभर्ट) गर्न सहयोगका लागि सडक डिभिजन कार्यालयका प्रमुखले काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । यस सम्बन्धी सर्वसाधारणलाई जानकारी दिन आवश्यक सूचना प्रवाह गर्ने जिम्मेवारी पनि डिभिजन सडक कार्यालयलाई नै दिइएको छ ।

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।...
काठमाडौं । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा गरी कार्यान्वयन गर्न सरकारका नाममा...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रहरी प्रशासनको भूमिका, अनुसन्धानको निष्पक्षता, सत्तारूढ दलको...
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend