Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुलिखेल-खावा सडकमा असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक


    मंगलबार, असार ९ २०८३
    115
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा भइरहेको सडक निर्माण तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन टिपर सञ्चालनमा रोक लगाइने भएको छ भने रातिको समयमा एम्बुलेन्स बाहेकका अन्य सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा सरोकारवाला निकायहरूको बैठकले धुलिखेल-खावा सडकखण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न असार १४ गतेदेखि २८ गतेसम्म टिपर प्रवेशमा पूर्णरुपमा रोक लगाइने भएको हो।

    बैठकको निर्णय अनुसार, उक्त सडक खण्डमा असार १४ गतेदेखि असार २८ गतेसम्म ट्रिपरलाई प्रवेशमा पूर्ण रूपमा रोक लगाइनेछ । त्यसैगरी, ट्रिपर बाहेकका अन्य यात्रुवाहक र मालवाहक सवारी साधनहरूलाई भने साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाइने निर्णय भएको छ ।

    सडक डिभिजन कार्यालय, भक्तपुरका प्रमुखले बैठकमा बाँकी काम गर्ने क्रममा एक लेन सडक बन्द गर्नुपर्ने र एक लेनमा मात्र सवारी चलाउनु पर्ने बाध्यात्मक अवस्था रहेको जानकारी गराएपछि प्रशासनले यस्तो निर्णय लिएको हो ।

    सवारी साधनहरूलाई वैकल्पिक मार्ग (डाइभर्ट) गर्न सहयोगका लागि सडक डिभिजन कार्यालयका प्रमुखले काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकका जिल्ला प्रशासन कार्यालयहरूसँग आवश्यक समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । यस सम्बन्धी सर्वसाधारणलाई जानकारी दिन आवश्यक सूचना प्रवाह गर्ने जिम्मेवारी पनि डिभिजन सडक कार्यालयलाई नै दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार