बुटवल । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दशौं बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नेछन् ।
प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिनेछन् ।
त्यसैगरी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो ।
वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेट ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ। बुधबार प्रतिनिधि...
काठमाडौं । विपक्षी दलहरूले भोटोकोशी बाढीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म भए गरेका कामको विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend