Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचन हुने


    शनिबार, असार ६ २०८३
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा निर्वाचन हुने भएको छ ।

    रास्वपाले संशोधन गरेको विधान अनुसार १ सय जना निर्वाचित हुने व्यवस्था छ । एक नेताले दिएको जानकारी अनुसार, केन्द्रीय समिति सदस्यहरूमा सर्वसम्मत नहुने भएको हो ।

    रास्वपाको महाधिवेशन भोलिबाट हुँदैछ । त्यसअघि आज वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक बसेको थियो ।

    उक्त बैठकमा सभापति रवि लामिछानेले पनि सम्बोधन गरेका थिए । उनले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रिन अपिल पनि गरेका थिए ।

    केन्द्रीय कमिटी चयन भइसकेपछि अरु पदाधिकारीका लागि पनि निर्वाचन हुने रास्वपाका एक शीर्ष नेताले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार