Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • असार ११ गते बस्ने गरी स्थगित भयो प्रतिनिधिसभा बैठक


    शुक्रबार, असार ५ २०८३
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक आजको ६ दिनपछि असार ११ गते बस्ने गरी स्थगित भएको छ ।

    आज शुक्रबार बसेको बैठकले चार वटा अध्यादेश स्वीकृत गरेसँगै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ११ गते बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

    सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।

    ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभाले स्वीकृत गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार