Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिए हुन्छ’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए स्पष्टीकरण


    बिहिबार, असार ४ २०८३
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिए हुन्छ’ भन्ने आफ्नो विवादित अभिव्यक्तिबारे प्रतिनिधि सभामा स्पष्टीकरण दिएका छन्।

    बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री लम्सालले आफ्नो भनाइको उद्देश्य निर्माण व्यवसायीलाई हतोत्साहित बनाउने वा हिंसालाई प्रोत्साहन गर्ने नरहेको बताएका छन्। उनले समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्नुपर्ने दायित्वप्रति जिम्मेवार बनाउन कडा भाषामा असन्तुष्टि व्यक्त गरेको दाबी गरे।

    केही दिनअघि नागढुंगा-मुग्लिन सडक स्तरोन्नति आयोजनाको अनुगमनका क्रममा मन्त्री लम्सालले “काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिए हुन्छ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको भनाइको व्यापक आलोचना भएको थियो।

    विवाद बढेपछि मन्त्री लम्सालले संसद्‌मार्फत आफ्नो धारणा स्पष्ट गर्दै कानुनको शासनभित्र रहेर नै निर्माण क्षेत्रको ढिलासुस्ती अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार