काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइको ठेक्काका विषयमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि अनुसन्धान गरिरहेको छ।
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको अख्तियारले आरजुलाई पनि हाजिर हुन सूचना जारी गरेको हो।
गएको मंगलबार आरजुको नाममा पनि म्याद तामेली गरिएको छ। म्याद तामेलीका लागि सुरुमा बूढानीलकण्ठस्थित जलेको र भत्काइएको घरमा पुगेको अख्तियारको टोलीले देउवाका स्वकीय समेत रहेका भानु देउवालाई म्याद बुझाएको छ।
मंगलबार अख्तियारका कर्मचारी र प्रहरी बूढानीलकण्ठस्थित देउवाको घर रहेको स्थानमा पुगेका थिए। तर त्यहाँ म्याद तामेल गर्न कसैलाई पनि नभेटेपछि भानु देउवालाई बूढानीलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले फोन गरेका थिए।
उनले म्याद तामेलीबारे जानकारी गराएपछि भानुले आफूलाई पत्र पठाइदिनु भन्दै म्याद बुझिदिने बताएपछि उनैलाई पत्र दिएको थियो।
पत्रमा राहधानी छपाइको विषयमा अनुसन्धान भइरहेको र त्यस विषयमा थप बुझ्न आवश्यक देखिएको भन्दै हाजिर हुन भनिएको छ। तर आरजु भने पति शेरबहादुर देउवासहित हङकङमा रहेको बताइएको छ।
राहदानी छपाइको ठेक्का प्रक्रिया गर्दा आरजू परराष्ट्रमन्त्री थिइन्। मिलेमतोमा बढी मुल्यमा ठेक्का दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend