काठमाडौं। श्रम सँस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको राष्ट्रघाती अभिव्यक्ति सदनमा आफै आएर आफ्नै मुखबाट सच्याउनु पर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरुले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्छ भनेर लगातार आवाज उठाइरहेको भए पनि अझै सुनुवाइ हुन नसकेको बताए ।
उनले आफूहरुको माग यथावत रहिरहेको पनि बताएका छन् । सांसद राईले उनले आफूहरु सबैले देश भनिरहेको र देश बिना कोही बाँच्न नसक्ने बताउँदै उनले भुटानी शरणार्थीहरुको समस्या समाधानमा सरकारले चासो दिनु पर्ने बताए ।
भुटानी शरणार्थीहरुको कि हामीलाई पहिलाकै देश भुटानमा जाने वातावरण मिलाई देउ कि तेस्रो मुलुक पुनर्बास भएका सन्तानसँग पुनर्मिलन गराई देउ भन्ने रहेको बताउँदै सांसद राईले त्यसतर्फ सम्बन्धित मन्त्रालय र सरकारको ध्यान जानु पर्ने बताए ।
उनले नेपाल सानै भए पनि देश रहेको र आफूहरु सगौरव बस्न पाइरहेको बताउँदै विभिन्न कारणले आफ्नो देश छोडेर शरणार्थीको रुपमा बाँच्न वाध्य मानिसहरुको बारेमा पनि सरकारले सोच्नु पर्ने बताए ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend