काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् ।
बुुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् ।
चिया तथा अलैँची लगायत विभिन्न कृषि उपजहरूको भण्डारण समस्या समाधान गर्दै बजार पहुँच विस्तार गर्न सम्बन्धित क्षेत्रका उद्यमी व्यवसायीहरूसँगको लागत साझेदारीमा वेयर हाउस निर्माणको लागि स्रोत व्यवस्थापन गरिरहेका उनले बताइन् ।
त्यस्तै उनले आयल निगमबाट सिलिगुढी चारअली र अमलेखगञ्ज लोथर अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी कार्य अघि बढिरहेका र सर्लाहीमा पेट्रोलियम भण्डारणस्थल निर्माणको लागि जग्गा व्यवस्थापन भएको जानकारी दिइन् । मन्त्री कुमारीले पेट्रोलियम पदार्थको भण्डारण कुल मागको तीन महिनाको लागि पर्याप्त हुने गरी क्षमता विस्तार गर्ने लक्ष्य अनुरूप सरकारले काम गरिरहेको उल्लेख गरिन् ।
उनले नवीन सोच र प्रविधिमा आधारित उद्यम प्रवद्र्धन गर्न स्टार्टअप उद्यम कर्जा कार्यक्रम, व्यवसाय सम्वद्र्धन सेवा र उद्यमशीलता विकास कार्यक्रम समेत सञ्चालन गरिने बताइन् ।
राष्ट्रिय उद्यम सेवामार्फत उद्यमशीलता विकास गर्दै स्वदेशी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ विविध कार्यक्रमहरू कार्यान्वयन गर्न प्रस्ताव गरिएको उनले बताइन् । उनले औद्योगिक ग्रामलाई निर्माण कार्य प्रगतिका आधारमा मन्त्रालयबाट कानुन बमोजिम बजेट निकास गरिने स्पष्ट पारिन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend