Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रम संस्कृति पार्टीका सांसदद्वारा वेल घेराउ 


    बुधबार, असार ३ २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउ गरेका छन्।

    बुधबार प्रतिनिधि सभाको बैठकमा आफूले सोधेको प्रश्नको जवाफ नआएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले फेरि सोध्न माग गरेका थिए। तर, प्रष्टीकरणमाथि प्रष्टीकरण सोध्न नमिल्ने व्यवस्था भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले बस्न आग्रह गरेका थिए।

    सांसद साम्पाङले बस्न नमानेपछि सभामुख अर्यालले आदेश दिएका थिए। त्यसपछि सांसद साम्पाङ बसेका थिए।

    त्यतिबेला सभामुखको आदेश मान्दै साम्पाङ बसेका थिए। तर, पछि भने उनले प्रश्न सोध्न पाउनुपर्ने माग गर्दै विरोध जारी राखे। उनीसँगै श्रम संस्कृति पार्टीका सबै सांसदले उठेर विरोध जनाए।

    सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक सञ्चालन गरिराखेपछि श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउन गरेका हुन्।

    उनीहरूले वेल घेराउन गरे पनि सभामुख अर्यालले प्रतिनिधि सभाको बैठक जारी राखेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार