काठमाडौं । प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथिको छलफल चलिरहेको छ । आज बुधवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मन्त्रालयमाथि उठेका प्रश्नहरूको जवाफ दिनका लागि उद्योगमन्त्री गौरी कुमारी संसद्को रोष्ट्रममा थिइन् ।
उनले सांसदहरूको प्रश्नको जवाफ दिइरहेकी थिइन् । सोही बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ उठे र आफ्नो स्पष्टीकरण पुनस् दोहोर्याए ।
उनलाई सभामुख डोलप्रसाद अर्यालले स्पष्टीकरणमाथिको स्पष्टीकरण नहुने भन्दै ध्यानाकर्षण गराएका थिए । तर, सांसद राईले उठेर अवरोध जनाइरहे । यसैबीच रास्वपा सांसद मनिष झाले नियमापत्ति जनाए ।
उनले प्रतिनिधिसभामा नियमावलीको ५४ र ५५ नम्बरमा प्रश्नोत्तरको विषय उल्लेख गरे । ‘पटकपटक वादविवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भन्ने, ५४ नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ । माननीय मन्त्रीज्यूले मेरो उत्तर यही हो भन्न पाउनहुन्छ,’ झाले भने ।
साथै, उनले सांसद साम्पाङलाई पटकपटक बालहठ नगर्न अनुरोध समेत गरे । ‘म सम्बन्धित माननीयज्यूलाई पटकपटक बालहठ नगर्न पनि आग्रह गर्छु । नियम कानुनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त स्पष्ट लेखिएकै छ, नियम पढ्नुस्’, झाले भने ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend