अव्यवस्थित बस्ती हटाउने अभियानले वास्तविक सुकुमबासी प्रभावित भएको सांसद केसीको टिप्पण
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सुकुमबासी व्यवस्थापनका नाममा अपनाइएको सरकारी कार्यशैलीका कारण वास्तविक पीडितहरू थप समस्यामा परेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कानुनी कारबाही गर्ने सरकारी प्रयासलाई सुरुआतमा सकारात्मक रूपमा लिएको उल्लेख गरे। तर, वास्तविक अवस्था फरक दिशामा गएको भन्दै उनले चिन्ता व्यक्त गरे।
सांसद केसीका अनुसार सुकुमबासीको यथार्थ पहिचान नगरी सञ्चालन गरिएको हटाउने अभियानले कमजोर र विपन्न परिवारहरूलाई प्रत्यक्ष असर पुर्याएको छ। प्रभावित परिवारहरू आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनुपरेको र बालबालिकाको अध्ययनमा समेत असर परेको उनको भनाइ थियो।
उनले विस्थापितहरूलाई राखिएको होल्डिङ सेन्टरको अवस्था पनि सन्तोषजनक नरहेको उल्लेख गर्दै त्यहाँ रहेका नागरिकले विभिन्न कठिनाइ भोग्नुपरेको बताए।
सरकारको कदमले अपेक्षित परिणाम दिनुको सट्टा मानवीय समस्या थप जटिल बनाएको तर्क गर्दै सांसद केसीले सुकुमबासी समस्या समाधानका लागि संवेदनशील र दीर्घकालीन उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend