काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि तयार गरिने राजनीतिक प्रतिवेदन लेखनसम्बन्धी उपसमितिको नेतृत्व गणेश कार्कीलाई दिएको छ।
कार्की संयोजक रहेको उक्त उपसमितिले पार्टीको राजनीतिक दस्तावेज तयार गर्ने तथा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनलगायत सामग्रीलाई समन्वय गर्ने जिम्मेवारी पाएको जनाइएको छ।
रास्वपाले महाधिवेशन तयारीका लागि सभापति लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ। त्यसअन्तर्गत विभिन्न क्षेत्र समेटिने गरी अलग-अलग जिम्मेवारीसहित उपसमितिहरू निर्माण गरिएको पार्टीले जनाएको छ।
चितवनमा असार ७ देखि ९ गतेसम्म आयोजना हुने पहिलो महाधिवेशनलाई व्यवस्थित बनाउन पार्टीले १८ वटा उपसमिति गठन गरेको छ।
महाधिवेशन व्यवस्थापनअन्तर्गत कार्यक्रम सञ्चालन, गुनासो सुनुवाइ, प्रतिवेदन तथा प्रस्ताव निर्माण, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, सञ्चार तथा प्रचार, सुरक्षा, सूचना प्रविधि, आवास–भोजन, अतिथि व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वास्थ्य सेवा, सांस्कृतिक कार्यक्रम, यातायात, स्थानीय समन्वय, अभिलेख व्यवस्थापन र अनुशासनसम्बन्धी जिम्मेवारीका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न नुवाकोट पुगेका छन्। आफूनिकट काँग्रेस नेताहरूको टोलीसहित नुवाकोट पुगेका देउवाले प्रभावित क्षेत्रको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend