काठमाडौं। नेकपा एमालेका सांसद ऐनबहादुर महरले आफ्नै सरकारले ल्याएको बजेटले देश बनाउने कुरामा प्रधानमन्त्री बालेन्द्र शाहलाई नै विश्वास नभएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले सांसद महरले प्रधानमन्त्री शाहले देश बनाउने भनेर घोषणा गरेको टिममा अर्थमन्त्री स्वर्णिम वाग्ले नै नपर्नु अहिले आएको बजेटले देश बनिने कुरामा प्रधानमन्त्री नै विश्वस्त नभएको कुराको प्रमाण भएको महरले दावी गरे । उनले अर्थमन्त्रीको बजेटमा विश्वास नभएर नै प्रधानमन्त्रीको देश बनाउने टिममा अर्थमन्त्री नपरेको टिप्पणी गरेका छन् । उनले अर्थमन्त्री डा. वाग्लेले बजेटको न्यायोचित वितरण नगरेको समेत सांसद महरले आरोप लगाएका छन् ।
उनले अर्थमन्त्री वाग्लेले पिछडिएका क्षेत्रलाई बिर्सेर आफ्नै र आफ्नै जिल्लामा बजेट खन्याएको आरोप लगाएका छन् । सांसद महरले जहाँ पूर्वाधारको आवश्यकता छ, शहरसँग तिनीहरुलाई जोड्नु पर्नेछ ती दुर्गम जिल्ला बजेटबाट बञ्चित गरिएको उनले बताएका छन् । उनले अर्थमन्त्री वाग्लेले विनियोजन गरेको बजेट विभेदकारी भएको समेत आरोप लगाएका छन् ।
उनले शिक्षा, स्वास्थ्य र कृषि जस्ता नागरिकको आधारभूत सेवासँग जोडिएको क्षेत्रलाई अर्थमन्त्रीले बजेटमा समेट्न नसकेको बताएका छन् । सांसद महरले अर्थमन्त्री वाग्लेले आफै पढेको बुढानिलकण्ठमा शिक्षामा १५ करोड बजेट छुट्याएको तर, देशभरका सामुदायिक विद्यालयहरुलाई बिर्सेको बताएका छन् । उनले बजेटमा सामुदायिक विद्यालयको गुणस्तर सुधारको कुरा कहिँ पनि नभएको तर, कर लगाउने कुरा मात्र भएको बताए । उनले
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend