काठमाडौं। बिपक्षी दलका सांसदहरुले मंगलबार पनि सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै बिपक्षी दलका सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका हुन् ।
बैठकमा नेकपा सांसद प्रमेश हमालले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्वयं प्रधानमन्त्रीले स्पस्ट पार्नुपर्ने बताए । उनले सीमामा भइरहेको भारतीय हस्तक्षेपका बारेमा समेत सरकार गम्भीर हुनुपर्ने बताए । त्यस्तै कांग्रेस सांसद रेखाकुमारी यादवले सीमाका बिषयमा मन्त्रीले नभइ स्वयं प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरिन् ।
त्यस्तै एमालेकी सांसद टुकाभद्रा हमालले सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले रेकर्डबाट हटाउन माग गरिन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सच्चाउनु पर्ने र सभामुखले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी राप्रपा सांसद सरस्वती लामाले नेपालको सीमाका बिषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जिम्मेवारीमा बसेकाहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिनु उचित नभएको धारणा राखिन् ।
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend