Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमतीको ६६ अर्ब बजेट मन्त्रिपरिषद्बाट स्वीकृत


    सोमबार, असार १ २०८३
    210
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको हो ।

    आज ४ बजेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा आगामी आवको बजेट प्रदेशसभामा प्रस्तुत गर्न स्वीकृत गरेको छ । बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको बताइएको छ ।

    मन्त्रिपरिषद् बैठक लगत्तै प्रदेशसभाबाट बजेट प्रस्तुत गरिँदैछ । बागमती सरकारले चालू आव २०८२/८३ का लागि ६७ अर्ब ४७ करोडको बजेट ल्याएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार