काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छिन्।
उनले सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएका सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न सरकारलाई सचेत गराएकी हुन्।
उनले भारततर्फको निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्नेमा जोड दिइन्।
नेपाली चिया किसान र उद्योगले भोग्नुपरेको सास्तीबारे संसद्मा बोल्दै उनले भनिन्, ‘नेपालमा चिया उद्योग बन्द हुने अवस्थामा छ। १२ लाख किलो भन्दा बढी चिया भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा छ। पटक पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर लैजाने, फेरि १५, २० दिनसम्म नगर्ने अनि यस्तो अप्ठ्यारो बनाइरहने, यति बेला उत्पादन भएको चिया पनि नष्ट हुने अवस्था हुँदाहुँदै अहिले यो स्थितिमा गुज्रिरहेको छ। त्यस कारण म सम्माननीय सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु कि सबैभन्दा पहिले भारतीय सरकारसँग यो व्यापारको बारेमा डाइलग होस्। र भारत मात्रै होइन, अरू देशहरूसँग पनि चिया मात्रै नभएर अरू किसानको उत्पादनहरू पनि बिक्री गर्ने विकल्पहरू खोजियोस्। किसानहरूको उत्पादनको बजारको सुनिश्चित गरियोस्। उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरियोस्।
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend