काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तीदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेकी छिन्।
उनले सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएका सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न सरकारलाई सचेत गराएकी हुन्।
उनले भारततर्फको निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्नुपर्नेमा जोड दिइन्।
नेपाली चिया किसान र उद्योगले भोग्नुपरेको सास्तीबारे संसद्मा बोल्दै उनले भनिन्, ‘नेपालमा चिया उद्योग बन्द हुने अवस्थामा छ। १२ लाख किलो भन्दा बढी चिया भारतमा निर्यात नहुँदा बिक्री नहुने अवस्थामा छ। पटक पटक भारतले क्वालिटी टेस्ट गर्ने भनेर लैजाने, फेरि १५, २० दिनसम्म नगर्ने अनि यस्तो अप्ठ्यारो बनाइरहने, यति बेला उत्पादन भएको चिया पनि नष्ट हुने अवस्था हुँदाहुँदै अहिले यो स्थितिमा गुज्रिरहेको छ। त्यस कारण म सम्माननीय सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु कि सबैभन्दा पहिले भारतीय सरकारसँग यो व्यापारको बारेमा डाइलग होस्। र भारत मात्रै होइन, अरू देशहरूसँग पनि चिया मात्रै नभएर अरू किसानको उत्पादनहरू पनि बिक्री गर्ने विकल्पहरू खोजियोस्। किसानहरूको उत्पादनको बजारको सुनिश्चित गरियोस्। उनीहरूलाई आत्मनिर्भर बनाउने काम गरियोस्।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend