काठमाडौँ। अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौता गरेका छन्। वार्तामा मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्ति जारी गरी दुई देशबिच युद्ध अन्त्यको सहमति भएको घोषणा गरेका हुन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँग सम्झौता भएको घोषणा गरेका छन्। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पनि यसको पुष्टि गरेका छन्।
बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी यस अवसरको सदुपयोग गर्दै अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग काम गर्ने उल्लेख गरेका छन्।
इरानका उपविदेशमन्त्री घरिबाबादीले अमेरिका र इरानबिच समझदारीपत्रको मस्यौदामा सहमति जुटाउन कतारी मध्यस्थकर्ताहरूले तेहरानमा झन्डै १५ घण्टा लामो वार्ता भएको बताएका छन्।
उपविदेशमन्त्री घरिबाबादीले अन्तिम सम्झौतामा वार्ता ६० दिनसम्म गरिने बताएका छन्। यस क्रममा इरानले धेरै मुद्दामा छलफल गर्ने र पहिलो प्राथमिकता इरानविरुद्धका सबै प्रतिबन्ध हटाउनु भएको उनको भनाइ छ।
सम्झौताअन्तर्गत होर्मुज स्ट्रेट पुनः खोल्ने तय भएको छ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend