काठमाडौँ। अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौता गरेका छन्। वार्तामा मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले विज्ञप्ति जारी गरी दुई देशबिच युद्ध अन्त्यको सहमति भएको घोषणा गरेका हुन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल ट्रुथ सोसलमा इरानसँग सम्झौता भएको घोषणा गरेका छन्। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पनि यसको पुष्टि गरेका छन्।
बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गरी यस अवसरको सदुपयोग गर्दै अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग काम गर्ने उल्लेख गरेका छन्।
इरानका उपविदेशमन्त्री घरिबाबादीले अमेरिका र इरानबिच समझदारीपत्रको मस्यौदामा सहमति जुटाउन कतारी मध्यस्थकर्ताहरूले तेहरानमा झन्डै १५ घण्टा लामो वार्ता भएको बताएका छन्।
उपविदेशमन्त्री घरिबाबादीले अन्तिम सम्झौतामा वार्ता ६० दिनसम्म गरिने बताएका छन्। यस क्रममा इरानले धेरै मुद्दामा छलफल गर्ने र पहिलो प्राथमिकता इरानविरुद्धका सबै प्रतिबन्ध हटाउनु भएको उनको भनाइ छ।
सम्झौताअन्तर्गत होर्मुज स्ट्रेट पुनः खोल्ने तय भएको छ।
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
काठमाडौं। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend