Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवमा बर्तौला नियुक्त


    आइतबार, जेष्ठ ३१ २०८३
    245
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिव महेशकुमार बर्तौला नियुक्त भएका छन्। कार्यदलको आइतबार च्यासलमा बसेको पहिलो बैठकले बर्तौलालाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।

    एमाले केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो।

    बैठकले संविधान कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा संविधानका सबल तथा कमजोर पक्ष र कार्यान्वयनका क्रममा देखिएका जटिलता सहितको पुनरावलोकन सम्बन्धी प्रस्ताव तयार गर्न र संविधान संशोधन सम्बन्धी सुझाव संकलनका लागि विस्तृत कार्यतालिका निर्माण गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ।

    सो उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य रहेका छन्। उपसमितिले सुझाव संकलन लगायतको कार्ययोजना र कार्यतालिका आगामी बैठक प्रस्तुत गर्ने बर्तौलाले जानकारी दिए।

    त्यस्तै अन्य राजनीतिक दलहरू र दलहरुले गठन गरेका संविधान संशोधन सम्बन्धी कार्यदलहरूसँग संवाद, छलफल तथा अन्तरक्रिया गर्न पहल गर्ने उनको भनाइ छ।

    कार्यदलको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई सुदृढ गर्न र थप प्रभावकारी बनाउन राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरूबाट सुझाव संकलन गरी संविधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने निर्णय गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार