काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ मा फोहोरमैला व्यवस्थापनका लागि महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गर्ने भएको छ ।
फोहोर निस्शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुनस् चक्रीय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रबर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधि प्रयोग मार्फत फोहोरमैलाको उचित व्यवस्थापन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको हो ।
‘स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहोरलाई बन्चरेडाँडा ल्यान्डफिल साइटमा मेकानाइज्ड मेटरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गरिने छ, काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गर्दै लगिने छ,’ नीति तथा कार्यक्रममा छ ।
‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्त अनुरूप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने घोषणा गरिएको छ ।
बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोर परिमाण र प्रकृतिका आधारमा वित्तीय साझेदारी गर्न पहल गर्नेसमेत घोषणा गरिएको छ ।
फोहोरमैला व्यवस्थापनलाई अनलाइन एपका माध्यमबाट सूचना तथा विवरण महानगरपालिका सम्बद्ध कार्यालय, सेवाप्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाउने, उचित प्रविधि प्रयोग गरी वायु, जल, जमिन, ध्वनि, दृष्य आदि प्रदूषण नियन्त्रण गर्ने, संघ, प्रदेश तथा अन्य स्थानीय सरकारसँगको समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend