काठमाडौं । रास्वपा कैलालीको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगले आइतबार प्रक्रियागत त्रुटि भएको भन्दै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर गरिएको जानकारी गराएको हो ।
अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण दर्ता गराएको उजुरीहरू उपर केन्द्रीय निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘उक्त निर्वाचन पक्रियाप्रति कैलाली जिल्लाका माननीयज्यूहरूको असहमति र सल्लाहको बाबजुद अवैधानिक ढङ्गले विधान तथा कार्यविधि विपरीत निर्वाचन गराइएको पाइएको छ । प्राप्त प्रारम्भिक उजुर तथा सँगै संलग्न प्रमाणहरूको आधारमा आयोगले अध्ययन गर्दा उक्त अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू पालना नभएको प्राथमिक रूपमै पुष्टि हुन आएको छ । ’
२५ जेठमा भएको अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला विजयी भएका थिए । ठकुल्लाले ३३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए ।

काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’को सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend