काठमाडौँ। काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मार्फत काठमाडौं महानगर सो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन लागेको हो ।
नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपांगता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला, सहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ । एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमुना कार्यक्रमलाई संस्थागत गरिनेछ । ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निस्शुल्क उपलब्ध गराइनेछ । ७५ वर्ष उमेर पुरा भएका वरिष्ठ ज्येष्ठ नागरिकहरू तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ।’
महानगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौँको घोषणालाई साझेदार निकायहरूको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गरी ‘मानवीयताको सहर’ भन्ने मूल सन्देशलाई कार्यान्वयन गर्ने, काठमाडौं महानगरपालिकाले आधुनिक तथा परम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध गर्ने पनि उल्लेख गरिएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend