Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आइतबार सुनचाँदीको भाउ बढ्यो, तोलाको कतिमा हुदैछ कारोबार ?


    आइतबार, जेष्ठ ३१ २०८३
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँ बढेको हो ।

    आज सुनको भाउ प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।अघिल्लो दिन छापावाल सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको छ । यसअघि गत आइतबार चाँदी ४ हजार ८९५ रुपैयाँमै कारोबार भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार