काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका-११ लालपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । सशस्त्रकै जवान र ट्रक चालक घाइते छन् ।
मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका-५ मोतिपुर बस्ने अन्दाजी ३५ वर्षीय सहायक हवल्दार तिलक कँडेल रहेका छन् । फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत कँडेलको उपचारको क्रममा मृत्यु भएको हो ।
आइतबार बिहान अवैध रूपमा भारततर्फ लैजान लागिएका २ वटा भैँसी र १ वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बाप्र ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा बर्दिया बासगढी नगरपालिका-८ ककौरा घर भएका अन्दाजी ३५ वर्षीय सशस्त्रका जवान दीपककुमारजङ शाह घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको प्रहरीले जनाएको छ ।
ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ सामरी बस्ने अन्दाजी ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते छन् । उनको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend