Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित


    आइतबार, जेष्ठ ३१ २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघिका सभापति रहेका डा.अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल सभापतिमा निर्वाचित भएका हुन् ।

    निर्वाचित अर्यालले ४१६ र डा.लामिछानेले ४१४ मत पाए । अर्याल निवर्तमान समितिमा प्रवक्ता थिए । सभापति पदमा अर्याल र लामिछाने सहित हरिबहादुर खत्री र कृष्णमान श्रेष्ठ पनि प्रतिस्पर्धामा थिए ।

    रास्वपाको बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा उद्घाटन भएको थियो । नेतृत्वमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचन गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार