Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित


    शनिबार, जेष्ठ ३० २०८३
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् ।

    त्रिपाठीले अन्य तीन जना उम्मेदवारलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । यसअघि उनी प्रदेशको महामन्त्री थिए ।

    उनीसँगै यसअघि प्रदेश सभापति एवंम सांसद रहेका राजन गौतम, माधव कँडेल र हरिबहादुर कार्कीले प्रतिस्पर्धा गरेका थिए । त्रिपाठीले २३४ मत ल्याएर विजयी हुँदा गौतमले १८२ मत पाए । अर्का उम्मेदवार माधव कँडेलले ११ मत पाए भने हरिबहादुर कार्कीले जम्मा २ मत मात्रै ल्याए ।

    रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा राम गुरुङले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार