काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका छन् ।
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले संसद्बाट पास हुने बजेटले कार्यान्वयनको चरणमा धेरै अधिकार कार्यपालिकाले नै निर्णय गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने प्रावधानहरू रहेको भनेर प्रश्न गरेकी थिइन् ।
जवाफमा अर्थमन्त्री वाग्लेले भने, ‘वेस्ट मिनिस्टर प्रणालीमा यही नै हो । ओभरल म्यान्डेड व्यवस्थापिकाले कार्यपालिकालाई दिन्छ । ’
यहीँनेर अर्थमन्त्री वाग्लेले मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने बताएका हुन् ।
‘कार्यपालिका अथवा प्रधानमन्त्री नियुक्त गर्ने थलो यही नै हो । त्यसैले यो सार्वभौम छ । मन नपरेको खण्डमा सरकारै फाल्न पाइने अधिकार यही थलोले राख्छ,’ अर्थमन्त्री डा.वाग्लेले भनेका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend