Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • परराष्ट्रमन्त्री खनाल जेठ ३१ गते चीन जाने, यस्ता छन् भ्रमण तालिका


    शुक्रबार, जेष्ठ २९ २०८३
    305
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल आउँदो आइतबारदेखि चार दिने औपचारिक चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा उनी जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीन भ्रमणमा जान लागेका हुन्।

    उनको चार दिनसम्म चीन भ्रमण गर्ने औपचारिक तालिका सार्वजनिक भएको छ ।

    भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने जनाइएको छ। उनले चीन सरकारका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।

    भ्रमणका दौरान बेइजिङस्थित नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा मन्त्री खनालले सहभागिता जनाउनेछन् ।

    सम्मेलनमार्फत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउनेछन्।

    त्यसैगरी, मन्त्री खनालको सम्मानमा नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुनेछन्। कार्यक्रममा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार