काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद खड्काले सम्पत्तिसम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको छाननिबनको गर्नुपर्ने भनेर सिफारिस गरेका गुरुङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात छलछाम समिति बनाइयो। सुनिन्छ उक्त समितिले चोख्यायो रे१ उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरी उहाँलाई गृहमन्त्री पुनः बनायो,’ उनले भने। ‘एकातिर सुशासनको नारा अर्कोतिर आफनोलाई पुरस्कृत अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी हो। सरकार आफैँ धामी। अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने।’
सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप लगाए। सुशासनको गफ हाँक्ने सरकारले आफनालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाइ थियो।
सांसद खड्काले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहर्याए।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend