काठमाडौँ । देशका विभिन्न स्थानमा परेको वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। बाढी, पहिरो र मर्मत कार्यले गर्दा धेरै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेका छन्।
काठमाडौँ उपत्यका जोड्ने सतुंगल(-चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। चन्द्रागिरि नगरपालिका–९ देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यका लागि यो सडक अझै एक महिना बन्द रहने जानकारी दिइएको छ।
भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। खोटाङको पङ्खु खोलामा खसेको पहिरोका कारण जेठ २ गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ।
इलामको पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने जनाइएको छ।
बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend