Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


    शुक्रबार, जेष्ठ २९ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ । आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् ।

    यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तैगरी, युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं.८१ पेस गर्ने कार्यसूची छ ।

    मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १(३) सम्बन्धी सन् २०१४ को प्रोटोकल नं.२९ पनि पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार