Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित


    बिहिबार, जेष्ठ २८ २०८३
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् । मोरङको विराटचोकमा जारी पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई सभापतिमा निर्वाचित भएका हुन् ।

    अन्तिम मतपरिणामअनुसार उनले २८० मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी गोमा तामाङ ‘सरिन’ले १४१ मत प्राप्त गरिन् भने, अन्य उम्मेदवार चन्द्रकुमार गौली ‘निरज’ले २७ र डा। खगेन्द्र कटुवालले ४१ मत प्राप्त गरेका छन् ।

    प्रदेश अधिवेशनमा राईको पक्षमा केन्द्रीय तहका नेता र सांसदले प्यानल बनाएर लिस्ट बाडेका थिए । लिस्ट बाडेपछि सभापतिको उम्मेदवार तामाङले विरोध जनाएकी थिइन् ।

    प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट पराजित तामाङ रास्वपाको प्रदेशको कार्यवाहक सभापति थिइन् । सभापतिमा पराजित भएपछि उनले राजनीतिबाट बिट मारेको घोषणा गरेकी छन् ।

    उनले लेखेकी छन्, ‘आजबाट राजनीतिक बिट मारे। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार