काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले सरकारका काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरेको छ ।
बिहीबार बसेको समितिको बैठकले उपसमितिहरू गठन गरेको हो । समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायको काम कारबाही अध्ययन एवं सहजीकरण गर्न विभिन्न उपसमिति गठन गरिएको सुशासन समितिका सदस्य सचिव विशाला सापकोटाले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयका कामकारबाही हेर्ने जिम्मेवारी डा.अमरेशकुमार सिंहलाई दिएको छ । समितिले डा। सिंहको नेतृत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो ।
त्यस्तै, गृह मन्त्रालय हेर्न दीपकराज बोहरा र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्न कमल सुवेदीको नेतृत्वमा सात–सात सदस्यीय उपसमिति गठन गरेको छ ।
संवैधानिक निकायहरू अख्यितार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोक सेवा आयोग हेर्न सुरेन्द्र चौधरीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
यससँगै बैठकले समितिको कार्यविधि तयारी गर्न कमल सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यविधि मस्यौदा तर्जुमा उपसमिति गठन गरेको छ भने समितिमा दर्ता भएका र हुने विभिन्न उजुरहरू अध्ययन विश्लेषण गरी समास्या समाधानका लागि सुझाव दिने गरी श्रद्धा कुँवर क्षेत्रीको नेतृत्वमा सात सदस्यीय उजुरी अध्ययन तथा सुझाव सिफारिस समिति गठन गरेको छ ।
समितिले अख्तियार र कारागार कार्यालयको स्थलगत अनुगमत गर्ने पनि निर्णय गरेको छ । त्यसका लागि सात सदस्यीय अनुगमन टोली गठन गर्ने जिम्मेवारी सभापति हरि ढकाललाई दिएको छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend