Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्वकप फुटबल अनधिकृत प्रसारण गर्न लागेका ३५ वेबसाइट र एप बन्द


    बिहिबार, जेष्ठ २८ २०८३
    265
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकपका खेलहरु अनधिकृतरुपमा प्रसारण गर्न तयारी गरेका वेबसाइट र एप बन्द गर्न निर्देशन दिएको छ।

    बिहीबार सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरुलाई पत्र पठाउँदै प्राधिकरणले ३५ वटा वेबसाइट तथा एप बन्द गर्न निर्देशन दिएको हो।

    सूचना तथा सञ्चार मन्त्रालयले नै प्राधिकरणलाई अनधिकृत वेबसाइट तथा एप बन्द गर्न पत्राचार गरेको थियो।

    ‘विश्वकप फुटबल २०२६ नेपाल भित्रको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोर्टस र डिसहोम डिजिटल प्रालि अन्तर्गतको डीगो जेभीएचटिभि- डिजिओ ब्रोडकाष्टिङ कन्सोर्टियम जेभीले प्राप्त गरेको भनी मन्त्रालयबाट लेखी आएको र तपशिलमा उल्लेखित पाइरेटेड, अनधिकृत वेबसाइट र एपहरूले उक्त फिफा विश्वपकपका खेलहरूको अनधिकृत रूपमा नेपालभित्र निस्शुल्क स्ट्रिमिङ गर्ने तयारी भइरहेको भनि पत्राचार गरेकाले ती वेबसाइट र एपहरूमा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा स्ट्रिमिङ नहुने ब्यवस्था मिलाइ सोको जानकारी प्राधिकरणमा गराउनु हुन निर्णयानुसार अनुरोध गरिएको छ,’ प्राधिकरणले पठाएको पत्रमा लेखिएको छ।

    अनधिकृत रुपमा विश्वकप फुटवलको प्रसारण हुँदा चार वर्ष अघि पनि टेलिकम तथा इन्टरनेट सेवा प्रदायकको ब्यान्डविथ खपत ह्वात्तै बढेको थियो। जसका कारण ब्यान्डविथ भुक्तानीका लागि सेवा प्रदायकहरुले अतिरिक्त भुक्तानी गर्नुपरेको थियो। करोडौं रुपैयाँमा फिफा विश्वकप प्रसारणको अधिकार लिएका हिमालय स्पोर्टस् र डिगोले पनि यस्ता अनधिकृत प्लेटफर्म बन्देज लगाउन सरकारसँग माग गर्दै आएका थिए।

    यसका लागि सूचना तथा सञ्चार मन्त्रालयले सक्रियता देखाउँदै सेवा प्रदायकहरुसँग छलफलसमेत गरेको थियो। सोही आधारमा दूरसञ्चार प्राधिकरणले अनधिकृत प्लेटफर्म बन्द गर्न पत्राचार गरेको छ।

    योसँगै वेबसाइटहरु बन्द हुने क्रम पनि सुरु भइसकेको छ।

    यी हुन् प्रतिबन्धका लागि निर्देशित ३५ वेबसाइट र एप

    १. tv.getemoji.online

    २. kick.com

    ३. freeplyrr

    ४. bhandari-suraj.com

    ५. sportzfy

    ६ sportzfypkdownload

    ७. sportzfytvapp

    ८. sportzfytvbd.

    ९. sportzfy.link

    १०. sportzfyapp.cc

    ११. cricfytv.to

    १२. cricfytvap

    १३. cricfytv.org

    १४. cricfytv.net

    १५. cricfytv.com

    १६. cricfytv.pro

    १७ cricty.net

    १८ newsecrettips

    १९. novasoccer.net

    २०. nepsportshub

    २१. crichd.com

    २२. smarteric.com

    २३. webcric.eu

    २४ soccertvhd.com

    २५. https://www.yosin-tv.net/

    २६. streamseast.top

    २७. genzaitv.com

    २८. fbstream.me

    २९ streamed.su

    ३०. Streameast

    ३१. ronaldo7.net

    ३२. Istreameast.app

    ३३. damity pro

    ३४ soccertvhd.com

    ३५. sportzworkzlive

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार