काठमाडौं । चीन भ्रमणमा जाने तयारीमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गते बिहान बेइजिङ पुग्ने कार्यतालिका रहेको छ । परराष्ट्र मन्त्रालयले अझै औपचारिक घोषणा नगरे पनि चीनस्थित नेपाली दूतावासले भ्रमणको तयारी तीव्र पारेको छ ।
जेठ ३१ गते साँझ ५ बजे बेइजिङमा रहेका नेपालीहरूसँग अन्तर्क्रिया कार्यक्रम राखिएको छ । असार १ गते बिहान चाइना एकेडेमी अफ साइन्ससँग शिक्षा, विज्ञान तथा प्रविधि सहकार्यका विषयमा छलफल हुनेछ । त्यस दिन दिउँसो र असार २ गते राजनीतिक भेटघाट कार्यक्रम छ ।
मन्त्री खनालले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेट्ने छन् । असार २ गते साँझ लगानी सम्मेलनमा सहभागी हुने खनालले नेपालमा चीनले गर्न सक्ने लगानी तथा सम्भावित क्षेत्रबारे छलफल गर्नेछन् ।
भ्रमणका क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको विषयलाई समकक्षी वाङ यीसँग उठाउने तयारी छ । चिनियाँ पक्षले बिआरआई परियोजनाहरूमा नेपाल सरकारको धारणा जान्न चाहेको छ । पूर्वप्रधानमन्त्री केपी ओलीको भ्रमणका बेला फ्रेमवर्क सम्झौता भएका टोखा-छहरे सुरुङमार्ग, जिलोङ-काठमाडौं रेल्वे, औद्योगिक पार्कलगायत परियोजनाको प्रगतिबारे पनि छलफल हुने छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend