Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एकैदिन ५ हजार एक सयले घट्यो सुनको भाउ, तोलाको कति पुग्यो ? 


    बिहिबार, जेष्ठ २८ २०८३
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रति तोला ५ हजार १०० रुपैयाँले कमी आएको हो।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि हिजो बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४५ हजार ८०० रुपैयाँ तोकिएको छ ।

    त्यस्तै चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा खरिद९बिक्री भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार