Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सनातन राज्यको पक्षमा बोल्दा बलात्कार र ज्यान मार्ने धम्की आयोः खुस्बु ओली


    बुधबार, जेष्ठ २७ २०८३
    290
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सचेतक खुस्बु आलीले आफूलाई ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आएको बताएकी छन् ।

    आज (बुधबार)को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा आफूले सनातनी राज्यको पक्षमा आवाज उठाउँदा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आएको भन्दैसभाको ध्यानाकर्षण गराएकी हुन् ।

    ओलीले केही दिनअघि संसद बैठकमा ९० प्रतिशत सनातति बसोबास गर्ने देशमा नेपाल सनातनी राज्य हुनुपर्छ भन्ने आवाज उठाएकी थिइन् । त्यसपश्चात् आफूलाई सुनियोजितरुपमा सामाजिक सञ्जालबाट धम्की आइरहेको उनले बताइन् ।

    ‘मैले सनातनी राज्यको पक्षमा आवाज उठाएकी थिएँ । धर्मान्तरणको विरुद्ध बोलेको थिएँ । म कुनै धर्मको विरुद्ध छैन । मेरो अभिव्यक्तिले कुनै धर्म मान्नेलाई समस्या नहुनुपर्ने हो,’ उनले भनिन्, ‘के धर्मनिरपेक्ष राज्यमा यति बोल्दा ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की खेप्नुपर्ने हो रु म यो सबै सहन सक्छु तर यो ममाथि मात्र होइन, सिंगो सनातन धर्ममाथिको प्रहार हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार