Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रवि लामिछानेसंगको बैठकपछि छुट्टै छलफलमा जुटे विपक्षी दल


    बुधबार, जेष्ठ २७ २०८३
    270
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । संसद् बैठक निरन्तर अवरुद्ध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपक्षी दलका नेताहरूसँग संवाद गरेका छन्। अवरोध हटाउने उद्देश्यसहित सिंहदरबारस्थित संसद् भवनमा छलफल गरिएको हो।

    छलफलमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित विभिन्न विपक्षी दलका प्रतिनिधिहरू सहभागी भएका छन्। हालसम्म जारी छलफलमा संसदीय गतिविधि सुचारु गर्ने विषयमा केन्द्रित छलफल भइरहेको बताइएको छ।

    लामिछानेसँगको औपचारिक वार्ताअघि विपक्षी दलका नेताहरूले आन्तरिक रूपमा छुट्टै छलफल समेत गरेका थिए। प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्।

    यसैबीच बिहान ११ बजेका लागि तय गरिएको संसद् बैठक हालसम्म सुरु हुन नसकेको संसद् सचिवालयले जनाएको छ।

    लामिछानेसँगको औपचारिक वार्ताअघि विपक्षी दलका नेताहरूले आन्तरिक रूपमा छुट्टै छलफल समेत गरेका थिए। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन्।

    यसैबीच बिहान ११ बजेका लागि तय गरिएको संसद् बैठक हालसम्म सुरु हुन नसकेको संसद् सचिवालयले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार