Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • संसद्‍ अवरोध खुलाउन विपक्षीसँग छलफलमा रवि लामिछाने


    बुधबार, जेष्ठ २७ २०८३
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसिरहेको छ ।

    संसद्को कार्यव्यवस्थाको हलमा अहिले बैठक बसिरहेको छ । बैठकमा सदनमा प्रतिनिधित्व गर्ने सबै दलका नेता र प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।

    प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गर्दै आइरहेका छन् ।

    छलफलमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन लगायतका नेताहरू सहभागी छन् ।

    यसअघि २५ जेठमा पनि लामिछानेले रास्वपा नेतृत्वको सरकारको कामकारबाही र भारत भ्रमणका बारेमा विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार