काठमाडौँ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय एक महिना थप गरेको छ।
आयोगले २०६३ सालदेखि २०८२ चैतसम्म सार्वजनिक उच्च पदमा रहेका, राजनीतिक दल, सेवानिवृत भएका, पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिइएको थियो।
तर तोकिएको समयमा भनेजस्तो विवरण नभरिएपछि आयोगले असार मसान्तसम्म म्याद थप गरेको आयोगका सदस्य एवं प्रवक्ता गणेश केसीले जानकारी दिए। ‘हामीले अहिले केहिबेर अघि सम्पत्ति विवरण बुझाउने म्याद अन्तिम पटकका लागि थपेर असार मसान्त पुर्याएका छौँ,’ केसीले भने।
वैशाख २ गते प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेका थिए।
केशरमहलमा कार्यालय स्थापना गरेर आयोगले वैशाख ९ गतेदेखि काम थालेको थियो।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend