काठमाडौँ। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समय एक महिना थप गरेको छ।
आयोगले २०६३ सालदेखि २०८२ चैतसम्म सार्वजनिक उच्च पदमा रहेका, राजनीतिक दल, सेवानिवृत भएका, पदबाट हटिसकेका पदाधिकारी र तिनका परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म समय दिइएको थियो।
तर तोकिएको समयमा भनेजस्तो विवरण नभरिएपछि आयोगले असार मसान्तसम्म म्याद थप गरेको आयोगका सदस्य एवं प्रवक्ता गणेश केसीले जानकारी दिए। ‘हामीले अहिले केहिबेर अघि सम्पत्ति विवरण बुझाउने म्याद अन्तिम पटकका लागि थपेर असार मसान्त पुर्याएका छौँ,’ केसीले भने।
वैशाख २ गते प्रधानमन्त्री वालेन्द्र शाहले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पूर्वमुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल रहेको पाँच सदस्यीय सम्पत्ति छानबिन आयोग गठन गरेका थिए।
केशरमहलमा कार्यालय स्थापना गरेर आयोगले वैशाख ९ गतेदेखि काम थालेको थियो।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend