Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ: अर्थमन्त्री


    बुधबार, जेष्ठ २७ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्न समूहबाट ‘पालित पोषित’बाट प्रधानमन्त्री र आफूमाथि आक्रमण भइरहेको दाबी गरेका छन्।

    बुधबार बिहान प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले त्यस्तो धारणा राखेका हुन्।

    ‘प्रधानमन्त्रीज्यू र ममाथि नियोजित रूपमा घेराबन्दी र आक्रमण भइरहेको छ’, अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठुलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दै छ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोषितबाट प्रधानमन्त्री र ममाथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।

    संसद्का सदस्यहरूलाई यस्तो समूहका कुराबाट प्रभावित नहुन उनले आग्रह पनि गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार