Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • विपक्षीको विरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित


    मंगलबार, जेष्ठ २६ २०८३
    350
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदले विरोध जनाएपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ।

    मंगलबार राष्ट्रिय सभाको बैठक सुरु हुने वितिक्कै विपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदलाई बोल्न समय दिएका थिए।

    उनीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध जनाए। प्रधानमन्त्री आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने उनीहरूको भनाइ थियो। यसले नेपाललाई सीमा अतिक्रमणकारी देशको रुपमा उभ्याउने उनीहरूको चिन्ता थियो।

    सांसद विरोध जारी राखेपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक स्थगित गरेका हुन्। राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो १ः१५ बजे बस्नेछ।

    प्रतिनिधि सभाको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर संघीय संसद्का दुवै सदनको बैठक अवरुद्ध हुँदै आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार