Nepal Face
  • शुक्रबार, १५ साउन २०८३
  • गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक, आजै ३ बजे शपथ


    मंगलबार, जेष्ठ २६ २०८३
    215
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्रीमा पुनस् सुधन गुरुङको काम ब्याक हुने भएको छ। उनले आजै ३ बजे शपथ ग्रहण गर्ने स्रोतले जनाएको छ।

    शपथका लागि तयारी बस्नका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा तयारी बस्नका लागि भनिएको छ ।

    गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुनस् गृहमन्त्रीमा फिर्ता गर्न लागेका हुन् ।

    आजको मन्त्रिपरिषद बैठकले सुधनमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले गुरुङ फेरी गृहमन्त्रीमा फर्कने भएको बताएका हुन्।

    छानबिन समितिले २२ जेठमा प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको प्रतिवेदनमा सांसद गुरुङको कुनै ठूलो गल्ती–कमजोरी नरहेको औंल्याएको छ । बरु सिस्टममा देखिएका कमी–कमजोरी र सुधार गर्नुपर्ने विषयहरू औंल्याएर प्रतिवेदन तयार गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार