Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    मंगलबार, जेष्ठ २६ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे बस्नेछ ।

    आजको बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

    यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    उक्त प्रस्ताव स्वीकृत भएपश्चात् बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार