काठमाडौं । सम्पत्ति विवरण सार्वजनिक भएपछि विवादमा तानिएर गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङलाई छानबिन समितिले सफाइ दिएको छ । प्रतिवेदनसँगै गुरुङलाई पुनः गृह मन्त्रालयमा शक्तिशाली रूपमा फर्कने ढोका खुलेको छ ।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित समितिले गुरुङका सबै सेयर तथा चल(अचल सम्पत्ति अध्ययन गर्दा आरोप पुष्टि नभएको निष्कर्ष निकालेको हो ।
४५ पृष्ठ लामो प्रतिवेदनमा गुरुङको सम्पत्तिलाई ‘वैध’ ठहर गर्दै सम्पत्ति विवरणमा देखिएका त्रुटिलाई व्यक्तिगत दोष नभई ‘राज्यको कमजोर प्रणाली’ को रूपमा व्याख्या गरिएको छ ।
समितिले सबैभन्दा बढी विवादित ८९ तोला सुनलाई पैत्रिक सम्पत्ति मानेको छ । गुरुङले बयानमा पैत्रिक भएको बताएपछि बैंक स्टेटमेन्ट जाँच गर्दा सुन खरिदमा बैंकबाट रकम नबाहिरिएको पाइएको थियो ।
व्यापारी दीपक भट्टसँगको व्यावसायिक साझेदारीको आशंकालाई पनि समितिले अस्वीकार गरेको छ । सेयर खरिदका लागि ऋण लिएको प्रमाण फेला परेकाले भट्टसँगको सम्बन्ध केवल चिनजानमा सीमित रहेको निष्कर्षमा पुगेको छ ।
‘जेनजी’ आन्दोलनका बेला विदेशबाट आएको भनिएको ५० लाख रुपैयाँ बैंकिङ च्यानलबाटै आएको र व्यक्तिगत खर्चमा प्रयोग भएको देखिएको समितिले जनाएको छ । धनकुटाको जग्गा रजिस्ट्रेसनमा कम मूल्य कायम गर्नु वा विवरण फरक पर्नुलाई पनि गुरुङको नियतभन्दा प्रशासनिक कमजोरी ठानेर समितिले प्रणाली सुधारका लागि सुझाव दिएको छ ।
सामान्य त्रुटिका आधारमा कानुनी कारबाही नगर्न र जग्गा मूल्यांकन तथा सुनको ट्र्याकिङ प्रणाली सुधार्न सरकारलाई सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद्ले वैशाख २८ गते गठन गरेको तीन सदस्यीय समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend