काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न नसकिने ध्वनी प्रदूषण सिजना भएको बताइन्छ ।
महानगरपालिकाको स्वीकृतिबिना नै धमाधम निर्माण कार्य भएका छन् । स्कूलको गैरकानूनी कामका विषयमा स्थानीय टोलबासीहरुले वडामा पटक–पटक निवेदन दिए । साथै महानगरपालिकाको शिक्षा शाखालगायत बिभिन्न निकायका उजुरीहरु यो विद्यालयका सञ्चालकहरुका लागि कागजको खोस्टो बनेको छ । विशेष शिक्षा पढाई हुने यो विद्यालयमा सीसी क्यामेरा पनि जडान गरिएको छैन । विद्यार्थीहरुलाई शिक्षकहरुले निर्मम कुटपीट र अमानवीय व्यवहार गर्ने गरेका कारण सीसी क्यामेरा पनि नराखिएको एक जना छिमेकीको दाबी गरेका छन् ।
डा. ध्रुव मुडभरीका छोरा अनिश मुडभरीको नाममा रहेको घर जग्गा छिमेकीको अनुमतिबिना नै स्कूल सञ्चालनका लागि दिइएको थियो । यो ठाउँमा अर्को त्रिमूर्ति एकेडेमी नामको विद्यालय सञ्चालन गर्नका लागि अनुमति लिन खोज्दा वडाका अध्यक्ष प्रेम थापाले नै मापदण्ड नपुगेको भन्दै हटाइदिएका थिए । तर, गैरकानूनी रुपमा सञ्चालनमा रहेको यो स्कूल भने उनले रोक्न सकेनन् ।
मापदण्ड बिपरीत सञ्चालन गरिएको समानता स्कुललाई भने पटक–पटकको अनुरोधपछि पनि का.म.न.पा. वडा नं. २ ले हटाउने नसकेपछि स्थानीय छिमेकीमध्येका एक जना पीडितले राष्ट्रिय सतर्कता केन्द्रमा विद्यालय हटाउनका लागि उजुरी दर्ता गरेका छन् । विद्यालयमा हुने ध्वनि प्रदूषण, होहल्ला जस्ता कारणले गर्दा अति नै अप्ठ्यारो परेको र स्थानीय सरकारको आदेशलाई नटेर्ने कारण सतर्कता केन्द्रमा उजुरी गर्नुपरेको एक स्थानीयले बताए । सतर्कता केन्द्रमा दर्ता नं. ५६२८-२०८३-०२-१९ यो निवेदन दर्ता गरिएको छ ।
स्कूललाई विदेशी अनुदानसमेत प्राप्त भएको अभिभावकले गरे खुलासा
समानता स्कूललाई गोप्यरुपमा अनुदान प्राप्त हुने स्थानीयको दाबी छ । मासिक २५ हजार शुल्क लिएर ५२ जना विशेष प्रकारका विद्यार्थीहरु पढाइने विद्यालयमा लाखौं अनुदान आएका कारण सञ्चालकहरु यो स्कुललाई कामाधेनु गाईका रुपमा लिएका छन् । त्यसो त स्कूलका सञ्चालक यमुना कट्वाललगायतको अर्को जेष्ठ नागरिक आश्रम पनि छ । पछिल्लो समयमा विदेशी र स्वदेशी नै गरी प्रशस्त अनुदान लिनसकिने क्षेत्र नै समाजसेवाका नाममा खोलिएका असाहाय र अशक्त नागरिकाका लागि काम गरेको भन्दै संस्था दर्ता गर्नु हो ।
असहाय र गरिवको नाममा अनुदान लिने बाटो
जेष्ठ नागरिक आश्रम बनाउने भन्दै काठमाडौंको साविक इन्द्रायणी गा.वि.समा संकल्प नेपाल नामक एक गैरसरकारी संस्थालाई २०६७ सालमा माधव नेपाल सरकारको ब्याबिनेटबाट मन्त्रीपरिषद्बाटै निर्णय गरी २० रोपनी जग्गा २० वर्षका लागि लिजमा दिइयो । उक्त एनजीओको प्रमुख हर्ताकर्ता नै राष्ट्रिय महिला आयोगको अध्यक्ष भएका नाताले अख्तियार दुरुपयोग अनुसन्धान आगोमा उजुरी पर्दा पनि कारबाही नै हुन सकेको छैन ।
उक्त जग्गामा भवन बनाउने नाममा त्यही संकल्प नेपाललाई ६ करोड एक लाख रुपैयाँ महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमार्फत अनुदान दिइयो । जुन रकम हिनामिना भएको र भवनसमेत नबनेको अवस्थालाई महालेखा परीक्षकको कार्यालयले असुल उपर गराउनसमेत आदेश गरेको थियो ।
समानता स्कूललाई कहाँ कहाँबाट अनुदान रकम आएको छ ? पारदर्शी रुपमा बाहिर आएको छैन । तथापी अनुदान आउने गरेको एक जना अभिभावकले बताएका छन् ।
२०८३ जेठ २४ गतेको डायरी एक्सप्रेस साप्ताहिकबाट
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend