काठमाडौं । कोशी प्रदेश सरकारले साताको २ दिने बिदालाई पुनर्विचार गर्न गृहकार्य थालेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत २ दिने बिदाले खर्च तथा इन्धन खासै उपलब्धि नदेखिएको निचोड निकालेका छन् । साथै उनले यसका लागि सुझाव मागेका छन् ।
उनले लेखेका छन्, ‘कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साबिक झैँ बिदा शनिबार १ दिन मात्रै) कायम गर्दा कस्तो होला रु हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ!
केन्द्रीय सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयबाट सातामा २ दिन सार्वजनिक बिदा दिने र कार्यालय समय ९–५ बनाउने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मुख्य कारण देखाउँदै सरकारले यस्तो निर्णय लिएको थियो ।
तर, २ दिन बिदाले सेवाग्राही र अस्पतालमा ओपीडी बिरामीलाई मार परेको, शिक्षण संस्थासमेत बिदा हुँदा विद्यालयमा कोर्स सक्ने दबाबदेखि विद्यार्थी र अभिभावकसमेतलाई समय व्यवस्थापन गर्न अव्यवहारिक भएको भन्दै आलोचना बढिरहेको छ । यसैबीच मुख्यमन्त्री कार्कीले सातामा २ दिन बिदा दिन निर्णे पुनर्विचारका लागि सुझाव मागेका हुन् ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend