Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • २ दिने बिदा हटाउने गृहकार्य, कोशी सरकारद्वारा सुझाव माग 


    आइतबार, जेष्ठ २४ २०८३
    275
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कोशी प्रदेश सरकारले साताको २ दिने बिदालाई पुनर्विचार गर्न गृहकार्य थालेको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत २ दिने बिदाले खर्च तथा इन्धन खासै उपलब्धि नदेखिएको निचोड निकालेका छन् । साथै उनले यसका लागि सुझाव मागेका छन् ।

    उनले लेखेका छन्, ‘कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत कार्यालयलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साबिक झैँ बिदा शनिबार १ दिन मात्रै) कायम गर्दा कस्तो होला रु हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा खासै उपलब्धि देखिएन । यहाँको सुझाव पाउँ!

    केन्द्रीय सरकारले गत चैत २२ गतेको मन्त्रिपरिषद् निर्णयबाट सातामा २ दिन सार्वजनिक बिदा दिने र कार्यालय समय ९–५ बनाउने निर्णय गरेको थियो । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मुख्य कारण देखाउँदै सरकारले यस्तो निर्णय लिएको थियो ।

    तर, २ दिन बिदाले सेवाग्राही र अस्पतालमा ओपीडी बिरामीलाई मार परेको, शिक्षण संस्थासमेत बिदा हुँदा विद्यालयमा कोर्स सक्ने दबाबदेखि विद्यार्थी र अभिभावकसमेतलाई समय व्यवस्थापन गर्न अव्यवहारिक भएको भन्दै आलोचना बढिरहेको छ । यसैबीच मुख्यमन्त्री कार्कीले सातामा २ दिन बिदा दिन निर्णे पुनर्विचारका लागि सुझाव मागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार